Madhes Khabar
खेलकुद

दोस्रो एक दिवसीय क्रिकेटमा क्यानडामाथि नेपालकाे सहज जीत

काठमाडौं,८फाल्गुन:क्यानडा-११सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए दुई विकेटले विजयी भएको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार भएकाे खेलमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।

यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको छ । पहिलो एक दिवसीय खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए ।नेपालका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोराले कप्तानी गर्ने अवसर पाएका थिए ।

यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो ।क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।

नेपालका लागि साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।

Related posts

आईपीएलमा आज चेन्नई र लखनउ भिड्दैं

MadhesKhabar

आईपीएलबाट बाहिरियाे गुजरात

MadhesKhabar

सखुवा प्रसाैनीमा आयाेजित टि-२० क्रिकेटको उपाधि कालिकामाईले जित्याे

MadhesKhabar

Leave a Comment