Madhes Khabar
खेलकुद

इराकलाई हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश

वीरगन्ज,९असार:साविक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ ।

फिलाडेल्फिया स्टेडियममा मंगलबार बिहान भएको खेलमा फ्रान्सले इराकलाई ३-० गोलले हराएकाे हाे । यो खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गरे ।

उनले खेलको १४ औँ र ५४ औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफ लगत्तै ठूलो पानी परेपछि खेल २ घण्टा रोकिएको थियो । दोस्रो हाफको ६६ औँ मिनेटमा उस्मान डेम्बेलेले गोल थपेसँगै फ्रान्सले ३-० गोलको अग्रता बनायो । त्यसपछि थप गोल हुन सकेन ।जारी विश्वकपमा यो फ्रान्सको दोस्रो जित हो ।

यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गरेको थियो । फ्रान्स २ खेलमा ६ अङ्क बनाएर नकआउट चरणमा पुगेको हो ।

Related posts

अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले जित्यो टी–२० सिरिज

MadhesKhabar

विश्वकप क्रिकेटमा आज राेमाञ्चक खेल : भारत र दक्षिण अफ्रिका भिड्दै

MadhesKhabar

एसियाली खेलकुद : क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसंग खेल्ने

MadhesKhabar

Leave a Comment