Madhes Khabar
खेलकुद

अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले जित्यो टी–२० सिरिज

तस्बिर : क्यान ।

काठमाडौं,४कार्तिकः अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ ।नेपालले एक खेल अगावै ३ म्याचको सिरिज २–०ले जितेको हो । आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी–२० सिरिजको उपाधि जितेको हो ।
सुपर ओभरमा पाएको ३ रनको  लक्ष्य नेपालले ४ बलमा पूरा ग¥यो ।यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अमेरिकाका लागि आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् ।

Related posts

यूृ–१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् नेपालकी कप्तान पूजा महतो

MadhesKhabar

विश्वकप क्रिकेटमा बंगलादेशकोपनि सुखद सुरुवात

MadhesKhabar

हकी एसिया कपकाे उपाधि जित्दै भारतले रच्याे इतिहास

MadhesKhabar

Leave a Comment