
काठमाडौं,४कार्तिकः अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ ।नेपालले एक खेल अगावै ३ म्याचको सिरिज २–०ले जितेको हो । आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी–२० सिरिजको उपाधि जितेको हो ।
सुपर ओभरमा पाएको ३ रनको लक्ष्य नेपालले ४ बलमा पूरा ग¥यो ।यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
अमेरिकाका लागि आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् ।

