Madhes Khabar
खेलकुद

हकी एसिया कपकाे उपाधि जित्दै भारतले रच्याे इतिहास

वीरगन्ज,२३भदाैं:भारतले पुरुष हकी एसिया कप २०२५ को उपाधि जित्दै इतिहास रचेको छ। आइतबार बिहारको राजगीर स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनल खेलमा भारतले डिफेन्डिङ च्याम्पियन दक्षिण कोरियालाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हाे।

भारतले चौथो पटक यो उपाधि हात पार्नुका साथै सने २०२६ को विश्वकपमा पनि स्थान सुरक्षित गरेको छ। फाइनलमा भारतका सुखजीत सिंहले पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाए।

दोस्रो क्वार्टरमा दिलप्रीत सिंहले गोल थपे भने तेस्रो क्वार्टरमा उनले दोस्रो व्यक्तिगत गोल गर्दै भारतलाई ३–० ले अघि बढाए। अन्तिम क्वार्टरमा अमित रोहिदासले पेनाल्टी कर्नरमार्फत गोल गर्दै स्कोर ४–० बनाए। कोरियाका सोन डायनले मात्र एक गोल फर्काए।

यसअघि भारतले २०१७ मा मलेसियालाई फाइनलमा हराउँदै एसिया कप जितेको थियो। दक्षिण कोरिया पाँच पटकको च्याम्पियन भए पनि यसपटक दोस्रो पटक मात्र रनर–अप बनेको हो।

यस संस्करणमा भारत अपराजित रह्यो। पूल चरणमा उसले चीन, जापान र कजाकिस्तानलाई हराएको थियो। सुपर–४ चरणमा भारत र कोरिया २–२ को बराबरीमा रोकिएका थिए। त्यहाँबाट भारतले मलेसियालाई ४–१ र चीनलाई ७–० ले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो।

एसिया कपमा अब भारतसँग ४ उपाधि छन्, जुन दक्षिण कोरियापछि दोस्रो सबैभन्दा बढी हो। कोरियाले ५ पटक उपाधि जितेको छ भने पाकिस्तानले ३ पटक कप जितेको छ।

Related posts

विश्वकप अघिकाे अभ्यास खेलमा गुल्शन झाकाे सानदार शतक

MadhesKhabar

विश्वकप फुटबल :अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

MadhesKhabar

एनपीएल : जनकपुरकाे लगातार दाेस्राे हार

MadhesKhabar

Leave a Comment