Madhes Khabar
खेलकुद

आईपीएलमा आज मुम्बइ र दिल्ली तथा लखनउ र गुजरात भिड्दै

वीरगन्ज,२५चैतःभारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दुई वटा खेल हुँदैछन् ।आजको पहिलो खेल अपरान्ह पौने ४ बजे मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच हुनेछ ।

यो सिजनमा मुम्बईले लगातार तीन खेलमा हार ब्यहोरेको छ । अंक तालिकामा मुम्बई पुछारमा छ । त्यस्तै दिल्ली क्यापिटल्सले चार खेलमा एक मात्रै जितेको छ । दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा बेलुका पौने ८ बजे लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच खेल हुनेछ । लखनउले तीन खेलमा दुई जित र गुजरातले चार खेलमा दुई जित निकालेको छ ।

यसअघि शनिबारराति भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराएको थियो ो । जितपछि राजस्थान चार खेलमा शतप्रतिशत नतिजासहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Related posts

ठोरी गोल्डकप फुटबलमा वीरगन्ज ठोरीसंग पराजित

MadhesKhabar

वीरगन्जमा आयोजित कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधि अग्नि ग्रुपले जित्यो

MadhesKhabar

`वीरगन्ज गाेल्डकप फुटबल´को तयारी पुरा, नेपाल र भारतका चर्चित ८ क्लबले भाग लिने पक्का

MadhesKhabar

Leave a Comment