Madhes Khabar
खेलकुद

ठोरी गोल्डकप फुटबलमा वीरगन्ज ठोरीसंग पराजित

वीरगन्ज,२४असोज : पर्साको ठोरी गाँउपालिका ४ विजयबस्तीमा जारी स्व. रामबहादुर श्रेष्ठ स्मृति ठोरी गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा निर्मल समाज युवा क्लब ठोरी विजयी भएको छ ।

निर्मल समाज ठोरीले वीरगन्ज युथ एकेडेमीलाई २– १ गोलले हराउदैं दोश्रो चरणमा प्रवेश गरेको छ । ठोरीका लागि समिराज थोकर र राकेश चौधरीले १÷१ गोल गरेका हुन् । वीरगन्जका mलागि एक मात्र गोल एलिस तमाङले गरेका हुन् ।

खेलको म्यान अफ दि म्याच निर्मल समाज युवा क्लबका समिराज थोकर घोषित भए । बुधबारको खेल हेटौंडा फुटबल एकेडेमी र ईमेज बसन्तपुर युनाइटेड क्लब माडी चितवनबिच हुनेछ ।

 

Related posts

प्रधानमन्त्री कप क्रिकेट : वर्षाका कारण वीरगन्ज र जनकपुरका दुवै खेल रद्द

MadhesKhabar

वीरगन्जका आसिफकाे विस्फोटक ब्याटिङमा नेपालले जित्याे वेस्ट इन्डिजविरुद्धको सिरिज

MadhesKhabar

स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment