
मधेस खबर
वीरगन्ज, २२ बैशाख : भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल )क्रिकेटमा बुधबार राति भएको खेलमा रोयल च्यालेञ्जर्स बैङ्गलोरले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।
भारतको पुणेमा बुधबार राति भएको खेलमा बैङ्गलोरले चेन्नईलाई १३ रनले पराजित गरेको हो ।
पहिले व्याटिङ गरि बैङ्गलोरले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाएपछि खेल बैङ्गलोरले जितेको हो ।
त्यसअघि पहिले ब्याटिङ गरेको बैङ्गलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । जितसँगै बैङ्गलोरले ११ खेलमा १२ अङ्क जोडेको छ । बेङ्ग्लोर अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेन्नई १० खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ।

