काठमाडौं,२३फागुन :ब्राजिलियन फर्वाड नेइमार जुनियर राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका छन्। उनी चोटका कारण टिमबाट बाहिर रहेका थिए।
सन् २०२३ को अक्टोबरमा घुँडाको चोटले नेइमार टिम बाहिर भएका थिए। १७ महिनापश्चात उनी पुन टिममा फर्किएका हुन्। उनी विश्वकप छनोटको खेल खेल्न राष्ट्रिय टिममा फर्किएको प्रशिक्षक डेरिभाल जुनियरले जनाएका छन् । २३ सस्यीय टोली घोषणामा ३३ वर्षीय नेइमारको नामपनि समावेश गरिएको हो।
ब्राजिलियन टोली :
गोलकिपर : एलिसन ब्रेकर, बेन्टो, एडरसन
डिफेन्स : भान्डरसन, विस्ली, लियो ओर्टिज, ड्यानिलो, गाब्रियल म्यागाल्हेस, मार्किन्होस, मुरिलो, गुइल्हेर्मे अराना
मिडफिल्डर : आन्द्रे, ब्रुनो गुइमारेस, गेर्सन, जोलिन्टन
फरवार्ड : नेइमार, एस्टेभाओ, जोआओ पेड्रो, राफिन्हा, रोड्रिगो, भिनिसियस जुनियर, सभिन्हो, म्याथ्युज कुन्हा ।साभार : अन्नपूर्णपोष्ट

