Madhes Khabar
खेलकुद

बंगलादेशलाई हराएपछि पाकिस्तानकाे सेमिफाइनलमा पुग्ने संभावना जिवितै

वीरगन्ज,१४कार्तिक:भारतमा जारी आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले तेस्रो जित हात पारेको छ। भारतको कोलकत्तामा मंगलबार भएको खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना जिवितै बनाएको छ।

बंगलादेशले दिएको २०६ रनको लक्ष्य पाकिस्तानले ३२.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ८१ रन बनाए। त्यस्तै अब्दुल्लाह सफिकी ६८ रनमा पेभेलियन फर्किँदा कप्तान बाबर आलम ९ रनमा आउट भए। त्यस्तै मोहम्मद रिजवान २६ र इफ्तिखर अहमद १७ रनमा अविजित गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४५.१ ओ‌भरमा अलआउट हुँदै २०४ रन बनाएको थियो। बंगलादेशका लागि महमुदुल्लाहले सर्वाधिक ५६ रन बनाए। त्यस्तै लिटन दासले ४५, साकिब हसनले ४३ र मेहिनी हसनले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

बंगलादेशलाई अलआउट गर्न पाकिस्तानका सहिन अफ्रिदी र मोहम्मद वाशिमले तीन-तीन विकेट लिए। ७ मध्ये ६ खेल हारेको बंगलादेश भने समूहचरणबाटै बाहिरिएको छ।

Related posts

अन्तिम खेल जित्दै सेनेगल पनि विश्वकपको अन्तिम १६ मा

MadhesKhabar

अन्तिम ओभरमा फिल्डिङमा कमजाेरी हुँदा भारतसँग हार बेहाेर्नु पर्‍याे : कप्तान राेहित पाैडेल

MadhesKhabar

सिंगापुरलाई पराजित गर्दै नेपाल फाइनलमा

MadhesKhabar

Leave a Comment