Madhes Khabar
खेलकुद

अन्तिम खेल जित्दै सेनेगल पनि विश्वकपको अन्तिम १६ मा

मधेसखबर
वीरगन्ज ,१३ मंसिर : समूह ए को निर्णायक खेलमा इक्वेडरलाई २-१ पराजित गर्दै सेनेगल कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

खालिफा इन्टरनेशनल स्टेडियममा मंगलबार राति भएको खेलमा सेनेगलका लागि इस्माइल सार र कप्तान कालिडोउ काउली बेलीले गोल गरे । इक्वेडरका माइकल साइसेडोले एक गोल गरेपनि पर्याप्त भएन ।

तीन खेलबाट दुई जित र १ हारको नतिजा निकालेको सेनेगल समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

एक जित एक बराबरी र एक हारबाट ४ अंक जोडेको इक्वेडर समूहमा तेस्रो हुँदै बाहिरिएकाे छ ।

नकआउट चरणमा पुग्न इक्वेडरलाई सनेगल विरुद्ध बराबरी नतिजा नै पर्याप्त थियो । तर, सेनेगलका लागि भने जित्नैपर्ने बवश्यकता थियो । जित्नैपर्ने खेलमा इस्मायल सारले पेनाल्टीमा गोल गर्द ४४औं मिनेटमा सेनेगललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा इक्वेडरले बराबरी गोल फर्काउँदै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको थियो । ६८औं मिनेटमा साइसेडोले गोल गर्दै खेल बराबरी गर्दा इक्वेडर अगाडि बढ्ने समिकरण बनेको थियो ।

तर, ७०औं मिनेटमा कोउलीबेलीले गोल गर्दै सेनेगललाई २-१ को अग्रता दिलाए ।

पहिलो खेलमै नेदरल्याण्ड्ससँग पराजित भएको सेनेगलले पुनरागमन गर्दै त्यसपछिका दुई खेलमा जित निकाल्यो । उता पहिलो खेलमा कतारलाई हराएर दोस्रो खेलमा नेदरल्याण्ड्सलाई बराबरीमा रोक्न सफल भएको इक्वेडर भने निर्णायक खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरियो ।

तेस्रो पटक विश्वकप खेलिरहेको सेनेगल दोस्रो पटक नकआउट चरणमा प्रवेश गरेको हो । सन् २००२ मा पहिलो सहभागितामै साविक विजेता फ्रान्सलाई हराएर सनसनी मच्चाएको सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । २०१८ मा रुसमा भएको विश्वकपमा भने सेनेगल समूह चरणबाटै बाहिरिएको थियो ।

सेनेगलले अब अन्तिम १६ मा समूह बी को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

जारी विश्वकपमा अन्तिम १६ मा पुग्ने सेनेगल पहिलो अफ्रिकन टिम बन्यो । अहिलेसम्म ब्राजिल, फ्रान्स, नेदरल्याण्ड्स र सेनेगलले नकआउट यात्रा तय गरेका छन् ।साभार:अनलाइनखबर

Related posts

श्रीलंकामाथि नेपालको सानदार जित

MadhesKhabar

रिजवान र शफिकको शतकमा पाकिस्तानको विश्व कीर्तिमानी जित

MadhesKhabar

अन्तर नगर कर्मचारी क्रिकेटमा वीरगन्ज महानगरको विजयी शुरुवात

MadhesKhabar

Leave a Comment