काठमाडौं,२२बैशाखःनेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको पाँच टी–२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।कप्तान रोहितले यस सिरिजमा सर्वाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक सामेल थियो ।
त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको वेस्ट बलर बनेका छन् ।शनिबार भएको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको ५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३–२ ले जितेको छ ।