वीरगन्ज,२२असार:पाँच टि-२० सिरिजकाे पहिलाे खेलमा भारत जिम्बाबेसंग पराजित भएको छ । हरारेमा शनिबार भएको पहिलो खेलमा भारत जिम्बाबेसंग १३ रनले पराजित भएको हो ।
जिम्बाब्वेले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको भारत १९.५ ओभरमा १०२ रनमै अलआउट भयाे । भारतका लागि कप्तान शुभमन गिलले २९ बलमा ५ चौका सहित सर्वाधिक ३१ रन बनाए। गस्ती वाशिंटन सुन्दरले २७ तथा आभेस खानले १६ रन जोडे ।
जिम्बाबेका लागि कप्तान सिकन्दर राजा र टेन्डाई चटाराले समान ३-३ विकेट लिए । ब्रायन बेनेट, वेलिङटन मसाकाड्जा, ब्लेसिङ मुजराबानी र लुक जोङवेले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनाएको थियो ।उसका लागि क्लाइभ मडान्डेले २९, डियन मायर्सले २३, ब्रायन बेनेटले २२ तथा वेस्ली मधेभेरेले २१ रन बनाएका थिए ।
भारतका लागि रभी बिश्नोईले ४ विकेट लिए भने वाशिंटन सुन्दरले २ विकेट लिए । मुकेश कुमारले १ तथा आभेस खानले समान १-१ विकेट लिए ।
सिरिजको दोस्रो खेल आईतबार हुनेछ । हालैमात्र टि-२० विश्वकप जितेको भारतीय टोलीले युवा टोलीलाई जिम्बाब्वे पठाएको छ ।

