Madhes Khabar
खेलकुद

राेहितकाे अर्धशतकका बाबजुद नेपाल दाेस्राे खेलमा पराजित

काठमाडौं,१६बैशाख:कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिज ए बीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा पाहुना टोली वेस्ट इन्डिजले नेपाललाई १० रनले पराजित गरेको हाे ।

जितसँगै वेस्ट इन्डिजले सिरिजमा १-१ को बराबरी गरेको छ ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४८ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ७१ रन अर्धशतकीय ईनिङ खेले । रोहितकुमार पौडेलले ३४ बलमा अर्धशतक पूरा गरेका थिए । गुलसन झाले ११ बलमा ३ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।

ओपनर लोकेश बमले १६ बलमा १७ तथा आरिफ शेखले १६ बलमा १२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो ।

वेस्ट इन्डिज ए का लागि आन्द्र फ्रेल्चरले ३६ बलमा ३ छक्काको सहयोगमा ४३ रन बनाए । कप्तान रोस्टन चेजले २२ बलमा २ चौका र १ छक्काको २३ रन बनाए । ओपनर जोनसन चाल्र्सले ९ बलमा ११ तथा केसी कार्टी १६ बलमा १० रन बनाए ।

गुणकेश मोतीले ८ बलमा २ चौका र ४ छक्काको सहयोगमा अविजित ३३ रन बनाए ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान दुई दुई तथा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एक एक विकेट लिए ।

यसअघि शनिबार भएकाे खेलमा भने नेपाल विजयी भएकाे थियाे।

Related posts

पहिलाे खेलमै मुम्बईकाे हार, गुजरात ६ रनले विजयी

MadhesKhabar

विश्वकप फुटबल: समूह विजेता बन्दै नेदरल्यान्डस् नकआउट चरणमा प्रवेश

MadhesKhabar

मधेस प्रदेश क्रिकेट संघकाे छनाैट समितिकाे संयाेजकमा वीरगन्जका हवारी चयन

MadhesKhabar

Leave a Comment