Madhes Khabar
खेलकुद

पहिलाे खेलमै मुम्बईकाे हार, गुजरात ६ रनले विजयी

वीरगन्ज,१२चैत:भारतमा जारी आईपीएलको आफ्नो पहिलो खेलमै मुम्बई इन्डियन्सले हार ब्यहोरेको छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएकाे खेलमा मुम्बई इन्डियन्स गुजरात टाइटन्ससँग ६ रनले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

जवाफमा मुम्बई इन्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्रै बनाउन सक्यो ।उसका लागि साई सुदर्शनले ३९ बलमा ४५ रन बनाए।राहुल तेवाटियाले १५ बलमा २२ रन र कप्तान शुभमन गिलले ३१ रनको योगदान दिए । मुम्बईका लागि जसप्रित बुमराहले ३ र जेराल्ड कोट्जेले २ विकेट लिए ।

आइपिएलमा साेमबार रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किंग्सबिच खेल हुनेछ।यी दुईबिचकाे खेल बेलुकी पाैने ८ बजेदेखि सुरु हुनेछ।

Related posts

बारामा आयाेजित `प्रसाैनी टी-२० महिला क्रिकेट कप´ काे उपाधि सर्लाहीले जित्याे

MadhesKhabar

आईपीएल क्रिकेटमा आज मुम्बईसंग बैंग्लोर भिड्दै

MadhesKhabar

सिमरा गोल्डकपको तयारी पूरा, उद्घाटन खेल आयाेजक र चितवनबिच हुने

MadhesKhabar

Leave a Comment