वीरगन्ज,१२चैत:भारतमा जारी आईपीएलको आफ्नो पहिलो खेलमै मुम्बई इन्डियन्सले हार ब्यहोरेको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएकाे खेलमा मुम्बई इन्डियन्स गुजरात टाइटन्ससँग ६ रनले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
जवाफमा मुम्बई इन्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्रै बनाउन सक्यो ।उसका लागि साई सुदर्शनले ३९ बलमा ४५ रन बनाए।राहुल तेवाटियाले १५ बलमा २२ रन र कप्तान शुभमन गिलले ३१ रनको योगदान दिए । मुम्बईका लागि जसप्रित बुमराहले ३ र जेराल्ड कोट्जेले २ विकेट लिए ।
आइपिएलमा साेमबार रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किंग्सबिच खेल हुनेछ।यी दुईबिचकाे खेल बेलुकी पाैने ८ बजेदेखि सुरु हुनेछ।

