Madhes Khabar
खेलकुद

आईपीएल क्रिकेटमा आज मुम्बईसंग बैंग्लोर भिड्दै

वीरगन्ज,२९चैतः भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बिहीबार मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिच खेल हुँदैछ ।मुम्बईको वानखेडे स्टेडियममा हुने यी दुईबिचको खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

आईपीएलको जारी सिजनमा अहिलेसम्म चार खेल खेलेको मुम्बईले एक खेल मात्र जितेको छ । तीन खेल हारेको मुम्बई आठौँ स्थानमा छ । बैंग्लोरले पनि अहिलेसम्म पाँच खेलमा एक खेल मात्र जितेको छ । चार खेल हारेको बैंग्लोर नवौँ स्थानमा छ ।मुम्बई इन्डियन्स हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ भने बैंग्लोर फाफ डु प्लेसिसको कप्तानीमा खेलिरहेको छ ।

यसअघि बुधबारराति भएको खेलमा गुजरात टाईटन्सले राजस्थान रोयल्सलाई ३ विकेटले हराएको थियो ।

Related posts

भारत अष्ट्रेलियासंग ६६ रनले पराजित

MadhesKhabar

साफ यू–१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

MadhesKhabar

नेपालले आज निर्णयाक खेल केन्यासंग खेल्दै

MadhesKhabar

Leave a Comment