Madhes Khabar
खेलकुद

पाकिस्तानी क्रिकेट टिम सात वर्षपछि भारतमा

काठमाडौं,११असाेज: पाकिस्तानी पुरूष क्रिकेट टिम सात वर्षपछि बुधबार पहिलो पटक भारत पुगेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार एक दिवसीय विश्वकप खेल्न बाबर आजम नेतृत्वको पाकिस्तानी क्रिकेट टिम बुधबार हैदरावाद पुगेको हो।

भारतमा हुने यसपालिको विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर १९ नोभेम्बरमा सकिने छ।

हैदरावादमा पाकिस्तानी क्रिकेट टिमको न्यानो स्वागत गरिएको छ। विमानस्थल सडकसम्म उत्साहित भीडले पाकिस्तानी टिमको स्वागत गरेको लाइभ मिन्टले उल्लेख गरेको छ।

पाकिस्तानी क्रिकेट बोर्डले आफ्नो टिमको विमानस्थलदेखि होटलसम्म भएको स्वागतको भिडिओ सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको छ।साभार:सेताेपाटी

Related posts

चौका र छक्काको वर्षा भएको खेलमा हैदराबादकाे विजयी

MadhesKhabar

बाराले जित्याे मधेस क्रिकेट लिगकाे उपाधि

MadhesKhabar

अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधिका लागि सिमरा र काठमाडौं भिड्ने

MadhesKhabar

Leave a Comment