वीरगन्ज,३बैशाख:चौका र छक्काको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लाेरलाई पराजित गरेको छ ।
बेंग्लाेरको चेन्नास्वामी स्टेडियममा साेमबार राति भएकाे खेलमा हैदराबादले बेंग्लाेरमाथि २५ रनको सहज जित निकालेकाे हाे ।
हैदराबादले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको बेंग्लाेरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६२ रन मात्र बनायो ।
उसका लागि फाफ डु प्लेसिस र दिनेश कार्तिकले अर्धशतकीय ईनिङ खेले । कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्काको सहयोगमा ८३ रन बनाए । कप्तान प्लेसिसले २८ बलमा ७ चौका र ४ टक्काको सहयोगमा ६२ रन बनाए ।
विराट कोहलीले २० बलमा ६ चौका र २ छक्काको सहयोगमा ४२ रन बनाए ।
बलिङतर्फ हदराबादका लागि कप्तान प्याट कमिंसले तीन तथा मंयक मारकन्डेले दुई विकेट लिए । टि नटराजनले एक विकेट लिए ।
त्यसअघि हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो ।
हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल)को इतिहासको सबैभन्दा ठूलो योगफल बनाएको हाे । यसअघि यसै सिजनमा मुम्बई इन्डियन्ससँग हैदराबादले नै बनाएको २ सय ७७ रनको योगफल बनाएको थियो ।
हैदराबादका लागि ट्राभिस हेडले ४१ बलमा ९ चौका र ८ छक्काको सहयोगमा १ सय २ रनको शतकीय ईनिङ खेले । हेनरिक क्लासनले ३१ बलमा २ चौका र ७ छक्कको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले ।
दोस्रो विकेटका लागि क्लासन र हेडले २६ बलमा ५७ रन बनाए । ओपनर अभिसेक शर्माले २२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए । पहिलो विकेटका लागि हेड र शर्माले ४९ बलमा १ सय ८ रनको शतकीय साझेदारी गर्दै टोलीलाई विष्फोटक सुरुआत गरेका थिए ।
एडेन माकरमले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३२ रन बनाए । मारक्रम र क्लासेनले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।
अब्दुल समादले १० बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ३७ रन बनाए । मारक्रम र समादले चौथो विकेटका लागि अविजित ५६ रनको साझदारी गरे ।
बेंग्लाेरका लागि लकि फर्गुसनले दुई तथा रिच टोप्ली एक विकेट लिए ।
यस खेलमा ४३ चौका र ३८ छक्का प्रहार भएको थियो । हैदराबादकाे पहिलो ईनिङमा १९ चौका र २२ छक्का प्रहार भएको थियो भने, बेंग्लाेरले आफ्नो इनिङमा २५ चौका र १८ छक्का प्रहार गरेको थियो ।
हैदराबाद ६ खेलमा ४ जितका साथ चौथो स्थानमा छ । ७ खेलमा छैटौं हारका साथ बेंग्लाेर पुछारमा छ ।

