Madhes Khabar
खेलकुद

नेपाल , महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

मधेसखबर
वीरगन्ज, २७ भदाैं : छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले स्थान बनाएको छ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै  नेपालले अन्तिम चारको यात्रा तय गरेको हो।

काठमाडौंकाे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन्। कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन्।

यस जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हाे। समूह ‘बी’को नेपालले २ खेलमा ६ अंक जोड्यो। समूह ‘ए’बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।

Related posts

एनपीएलको फाइनल पुग्नका लागि जनकपुर र सुदूरपश्चिम खेल्ने

MadhesKhabar

टी-२० विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज युएईसंग भिड्दै नेपाल

MadhesKhabar

खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा पुन सुनील गाउँले सर्वसम्मत

MadhesKhabar

Leave a Comment