Madhes Khabar
खेलकुद

नेपाल , महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

मधेसखबर
वीरगन्ज, २७ भदाैं : छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले स्थान बनाएको छ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै  नेपालले अन्तिम चारको यात्रा तय गरेको हो।

काठमाडौंकाे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन्। कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन्।

यस जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हाे। समूह ‘बी’को नेपालले २ खेलमा ६ अंक जोड्यो। समूह ‘ए’बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।

Related posts

लगातार ६ खेल जित्दै भारत विश्वकप क्रिकेटकाे सेमिफाइनलमा

MadhesKhabar

नेपाल र भारतबिचकाे खेल हेर्न वीरगन्जका विद्यालयहरु दिउँसाे २ बजेपछि बन्द

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटका लागि घाेषित मधेस प्रदेशकाे टिममा पर्साका सम्साद र रन्जित

MadhesKhabar

Leave a Comment