Madhes Khabar
खेलकुद

लगातार ६ खेल जित्दै भारत विश्वकप क्रिकेटकाे सेमिफाइनलमा

वीरगन्ज,१२कार्तिक: लगातार ६ खेलमा जीत हात पार्दै आयाेजक भारत आइसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

जारी विश्वकपमा यसअघि खेलेका पाँचवटै खेलमा अपराजित रहेकाे भारतले आइतबार भएकाे छैठौं खेलमापनि सानदार जीत हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेकाे हाे।

लखनउमा भएकाे खेलमा भारतले इंग्ल्याण्डलाई १ सय रनकाे फराकिलाे अन्तरले हराएकाे हाे ।२३० रनकाे विजयी लक्ष्य पछ्याएकाे इंग्ल्याण्डले ३४.५ ओभरमै अलआउट हुदैं १२९ रनमात्र बनाएपछि खेल भारतले जितेकाे हाे।

 

बलिङतर्फ भारतका माेहम्मद समीले ४, जसप्रित बुमराहले ३ तथा कुलदीप यादवले २ र रविन्द्र जडेजाले १ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन बनाएकाे थियाे । भारतका कप्तान रोहितले १ सय १ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन बनाए । रोहितबाहेक केएल राहुलले ३९ रन र सूर्यकुमार यादवले ४९ रनको योगदान दिए ।

ओपनर शुभमन गिललाई क्रिस वोक्सले चौथो ओभरको अन्तिम बलमा ९ रनमा बोल्ड आउट गरे । डेविड विल्लीको सातौं ओभरको पाँचौं बलमा विराट कोहली मिडअफमा शून्यमा क्याच आउट भएका थिए । वोक्सको बाउन्सर बलमा श्रेयस ऐर ४ रनमा क्याच आउट भएका थिए ।

एक समय ११.५ ओभरमा ४०-३ को अवस्थामा पुगेका भारतलाई चौथो विकेटका लागि रोहित र लोकेश राहुलले ९१ रनको साझेदारी गरेका थिए ।केएल ले ५८ बलमा ३ चौकासहित ३९ रन बनाए । रविन्द्र जडेजा ८ र मोहम्मद शामी १ रनमा आउट भएका थिए । तल्लोक्रमका सूर्यकुमार यादव ४७ बलमा ४ चौका र १ छक्कासहित ४९ रनमा क्याच आउट भएका थिए ।

इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले १० ओभरमा २ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए ।

आइतबारकाे जीतसंगै भारत १२ अंककासाथ अंकतालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ ।याेसंगै भारत  ३ खेल अगावै विश्वकपकाे सेमिफाइनलमा पनि प्रवेश गरेकाे छ ।

Related posts

टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतको भिडन्त इंग्ल्यान्डसंग

MadhesKhabar

वीरगन्ज-१० मा जारी वडास्तरीय क्रिकेट टुर्नामेन्ट : जनकपुर सेमिफाइनलमा

MadhesKhabar

वीरगन्ज महानगरलाई हराउँदै डाक्टरकाे टिमले जित्याे टि-१० क्रिकेट लिगको उपाधि

MadhesKhabar

Leave a Comment