काठमाडौं,४माघ:नेपालकाे पुरुष टिम खो खो विश्वकप २०२५ काे सेमिफाइनलमा प्रवेश गरेको छ।भारतमा जारी खाे खाे विश्वकप अन्तर्गत पुरुषतर्फकाे क्वाटरफाइनलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हाे।
शुक्रबार भएको खेलमा बंगलादेशलाई ६७-१८ अंकको अन्तरले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेकाे हो ।
नेपालले अब फाइनल प्रवेशका लागि इरानसँग खेल्ने छ । इरानसंगकाे सेमिफाइनल खेल शनिबार साँझ हुनेछ ।
नेपालले शुक्रबार समूह ए को उपविजेताका रूपमा क्वाटरफाइनलमा बंगलादेशसंग खेलेको थियो । नेपाल समूह चरणको पहिलो खेलमा भारतसंग पराजित हुँदा दोस्रो खेलमा पेरू, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।
महिलातर्फ पनि नेपालको टोली क्वाटरफाइनलमा इरानलाई हराएर सेमिफाइनलमा पुगिसकेको छ ।

