वीरगन्ज,३०असाेज: निर्मल समाज युवा क्लब पर्साको ठोरी ४ विजयबस्तीमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति तेस्रो ठोरी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
साेमबार भएकाे क्वाटरफाइनल खेलमा वीरगन्जज सिटिलाई ४-० ले हराउँदै निर्मल समाज युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हाे ।
निर्मल समाजका लागि समिराज थोकरले दुई तथा प्रदिप लामा र सन्जिव कार्कीले एक एक गाेल गरेका हुन् ।उक्त खेलको म्यान अफ द म्याच निर्मल समाजका प्रदिप लामा घोषित भए ।
प्रतियोगितामा मंगलबारकाे खेल विजयबस्ती फुटबल क्लब र हेटौंडा फूटबल एकेडेमीबिच हुने आयोजकले जनाएको छ ।
असोज २० गते देखि सुरु भएको प्रतियोगिता कार्तिक ६ गतेसम्म संचालन हुने छ ।

