Madhes Khabar
खेलकुद

निर्मल समाज, ठोरी गोल्डकप फुटबलको सेमिफाइनलमा

वीरगन्ज,३०असाेज: निर्मल समाज युवा क्लब पर्साको ठोरी ४ विजयबस्तीमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति तेस्रो ठोरी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

साेमबार भएकाे क्वाटरफाइनल खेलमा वीरगन्जज सिटिलाई ४-० ले हराउँदै निर्मल समाज युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हाे ।

निर्मल समाजका लागि समिराज थोकरले दुई तथा प्रदिप लामा र सन्जिव कार्कीले एक एक गाेल गरेका हुन् ।उक्त खेलको म्यान अफ द म्याच निर्मल समाजका प्रदिप लामा घोषित भए ।

प्रतियोगितामा मंगलबारकाे खेल विजयबस्ती फुटबल क्लब र हेटौंडा फूटबल एकेडेमीबिच हुने आयोजकले जनाएको छ ।

असोज २० गते देखि सुरु भएको प्रतियोगिता कार्तिक ६ गतेसम्म संचालन हुने छ ।

Related posts

जीतपुरसिमरा गाेल्डकप : एपिएफ र फ्रेण्ड्सबिचकाे खेल हावाहुरीका कारण स्थगित

MadhesKhabar

ठाेरीमा तिजकप फुटबल : वनदेवी र जनचेतना क्लब सेमिफाइनलमा

MadhesKhabar

आईपीएलकाे फाइनलमा पुग्न राजस्थान र हैदराबाद आज भिड्दै

MadhesKhabar

Leave a Comment