Madhes Khabar
खेलकुद

ठाेरीमा तिजकप फुटबल : थ्रीस्टार र जनचेतना युवा क्लब फाइनलमा

वीरगन्ज ,३०भदाैं: हरितालिका तिज पर्बको अवसरमा पर्साकाे ठाेरी गाँउपालिका १ भगवाननगरमा जारी तिज कप नकआउट फुटबल प्रतियोगिताकाे फाइनलमा थ्रीस्टार युवा क्लब र आयाेजक जनचेतना युवा क्लब प्रवेश गरेका छन् ।

भगवाननगरको क्यामुनाघारी खेल मैदानमा शनिबार भएकाे पहिलो सेमिफाइनल खेलमा वनदेवी युवा क्लब ठोरी २ लाई टाइब्रेकरमा ५-३ गाेलले पाखा लगाउँदै थ्रीस्टार युवा क्लबले फाइनलको यात्रा तय गरेको हो।निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरमा वनदेवी युवा क्लबलाई हराउँदै थ्रीस्टार युवा क्लब फाइनलमा पुगेकाे आयोजक क्लबका उदय थापाले जानकारी दिए।उक्त खेलकाे म्यानअफदी म्याच थ्रीस्टारका गोलरक्षक दिपेश बराल घोषित भए।

शनिबार नै भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा अमृत युवा क्लब ठोरी २ लाई पराजित गर्दै आयोजक आयाेजक क्लबपनि फाइनलमा प्रवेश गरेकाे हाे ।उसले अमृत युवा क्लबलाई ५-० काे फराकिलाे अन्तरले पराजित गरेकाे हाे ।जनचेतना युवा क्लबले फाइनलमा थ्रीस्टारसँगको भेट पक्का गरेको छ।उक्त खेलको म्यान अफदी म्याच जनचेतनाका रवि बिक घोषित भए।

 

असोज १ गते तीजको दिन हुने फाइनल खेलमा थ्रीस्टार युवा क्लब र आयाेजक जनचेतना युवा क्लब उपाधिका लागि भिड्ने छन् ।

Related posts

प्लेअफमा पुगिसकेकाे राजस्थान पञ्जाबसंग पराजित

MadhesKhabar

कुस्ती खेलाडीहरूलाई प्रोत्साहित गर्नु पर्छ : पूर्वमन्त्री यादव

MadhesKhabar

दिल्लीलाई हराउँदै वीरगन्ज युनाइटेड दोस्रो वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment