Madhes Khabar
खेलकुद

ठाेरीमा तिजकप फुटबल : थ्रीस्टार र जनचेतना युवा क्लब फाइनलमा

वीरगन्ज ,३०भदाैं: हरितालिका तिज पर्बको अवसरमा पर्साकाे ठाेरी गाँउपालिका १ भगवाननगरमा जारी तिज कप नकआउट फुटबल प्रतियोगिताकाे फाइनलमा थ्रीस्टार युवा क्लब र आयाेजक जनचेतना युवा क्लब प्रवेश गरेका छन् ।

भगवाननगरको क्यामुनाघारी खेल मैदानमा शनिबार भएकाे पहिलो सेमिफाइनल खेलमा वनदेवी युवा क्लब ठोरी २ लाई टाइब्रेकरमा ५-३ गाेलले पाखा लगाउँदै थ्रीस्टार युवा क्लबले फाइनलको यात्रा तय गरेको हो।निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरमा वनदेवी युवा क्लबलाई हराउँदै थ्रीस्टार युवा क्लब फाइनलमा पुगेकाे आयोजक क्लबका उदय थापाले जानकारी दिए।उक्त खेलकाे म्यानअफदी म्याच थ्रीस्टारका गोलरक्षक दिपेश बराल घोषित भए।

शनिबार नै भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा अमृत युवा क्लब ठोरी २ लाई पराजित गर्दै आयोजक आयाेजक क्लबपनि फाइनलमा प्रवेश गरेकाे हाे ।उसले अमृत युवा क्लबलाई ५-० काे फराकिलाे अन्तरले पराजित गरेकाे हाे ।जनचेतना युवा क्लबले फाइनलमा थ्रीस्टारसँगको भेट पक्का गरेको छ।उक्त खेलको म्यान अफदी म्याच जनचेतनाका रवि बिक घोषित भए।

 

असोज १ गते तीजको दिन हुने फाइनल खेलमा थ्रीस्टार युवा क्लब र आयाेजक जनचेतना युवा क्लब उपाधिका लागि भिड्ने छन् ।

Related posts

`वीरगन्ज गाेल्डकप फुटबल´को तयारी पुरा, नेपाल र भारतका चर्चित ८ क्लबले भाग लिने पक्का

MadhesKhabar

पपुवा न्यूगिनी विरुद्ध नेपालको सहज जित

MadhesKhabar

नारायणी रंगशालालाई राष्ट्रिय गौरबको योजनामा राखिएन भने आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

Leave a Comment