Madhes Khabar
खेलकुद

मधेस प्रदेश क्रिकेट संघकाे छनाैट समितिकाे संयाेजकमा वीरगन्जका हवारी चयन

वीरगन्ज,१३पुष:मधेस प्रदेश क्रिकेट संघकाे छनाैट समितिकाे संयाेजकमा वीरगन्जका मुर्तुजा हवारी चयन भएका छन्।
मधेस प्रदेश क्रिकेट संघकाे बाेर्ड बैठकले संयाेजकमा हवारीलाई चयन गरेकाे हाे।हवारी पर्सा क्रिकेट संघका उपाध्यक्षपनि हुन्।यस्तै छनाैट समितिकाे सदस्यमा विकास दली र सुनिल कुमार साह चयन भएका छन्।
मधेस प्रदेश क्रिकेट संघकाे बाेर्ड बैठकले केपी ओली कप राष्ट्रिय क्रिकेटको उपाधि विजेता मधेस प्रदेश क्रिकेट टिमलाई नगद ३ लाख रुपैयाँसहित सम्मान गर्ने निर्णयपनि गरेकाे छ ।यस्तै बाेर्ड बैठकले वीरगन्जमा यहि पुष १८ देखि २५ गतेसम्म प्रधानमन्त्री कप मधेस प्रदेश स्तरीय क्रिकेट छनाैट प्रतियोगिता आयाेजना गर्ने निर्णयपनि गरेकाे छ।

Related posts

टी–२० विश्वकप : युगान्डामाथि अफगानिस्तानको फराकिलो जित

MadhesKhabar

साफ यू–१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

MadhesKhabar

लखनउमाथि राजस्थानकाे सहज जित

MadhesKhabar

Leave a Comment