Madhes Khabar
खेलकुद

मधेस प्रदेश क्रिकेट संघकाे छनाैट समितिकाे संयाेजकमा वीरगन्जका हवारी चयन

वीरगन्ज,१३पुष:मधेस प्रदेश क्रिकेट संघकाे छनाैट समितिकाे संयाेजकमा वीरगन्जका मुर्तुजा हवारी चयन भएका छन्।
मधेस प्रदेश क्रिकेट संघकाे बाेर्ड बैठकले संयाेजकमा हवारीलाई चयन गरेकाे हाे।हवारी पर्सा क्रिकेट संघका उपाध्यक्षपनि हुन्।यस्तै छनाैट समितिकाे सदस्यमा विकास दली र सुनिल कुमार साह चयन भएका छन्।
मधेस प्रदेश क्रिकेट संघकाे बाेर्ड बैठकले केपी ओली कप राष्ट्रिय क्रिकेटको उपाधि विजेता मधेस प्रदेश क्रिकेट टिमलाई नगद ३ लाख रुपैयाँसहित सम्मान गर्ने निर्णयपनि गरेकाे छ ।यस्तै बाेर्ड बैठकले वीरगन्जमा यहि पुष १८ देखि २५ गतेसम्म प्रधानमन्त्री कप मधेस प्रदेश स्तरीय क्रिकेट छनाैट प्रतियोगिता आयाेजना गर्ने निर्णयपनि गरेकाे छ।

Related posts

नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो

MadhesKhabar

रोमाञ्चक जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

MadhesKhabar

आसिफ शेख र राेहित पाैडेलले विराट काेहली र राेहित शर्मालाई पछि पारे

MadhesKhabar

Leave a Comment