Madhes Khabar
खेलकुद

काेलकाताले हरायाे लखनउलाई

फाइल तस्बिर ।

वीरगन्ज,२ब‌ैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्सलाई ८ विकेटले हराएको छ ।

कोलकातास्थित ईडेन गार्डेन स्टेडियममा भएकाे खेलमा १सय ६२ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले भने १५.४ ओभरमै केवल २ विकेट गुमाएर एक सय ६२ रनकाे लक्ष्य पुरा गर्‍यो ।

कोलकातालाई महत्वपूर्ण जित दिलाउन ओपनर ब्याट्सम्यान फिल साल्टले अविजित ८९ रनको योगदान गरे । उनले केवल ४७ बलमा तीन छक्का र १४ चौका पनि हिर्काए ।कप्तान श्रेयस ऐयरले पनि अविजित ३८ रन जाेडे ।लखनउका बलर मोहसिन खानले २ विकेट लिए ।

त्यसअघि खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।लखनउका लागि निकोलस पुरनले सर्वाधिक ४५ रन बनाएका थिए । केएल राहुलले पनि टोलीको खातामा ३९ रन थपे ।आयुष बदोनीले पनि २९ रन बटुलेका थिए ।

कोलकाताका बलर मिचेल स्टार्क एक्लैले तीन विकेट लिएका थिए । उनले चार ओभरमा २८ रन खर्चिए ।

जारी आईपीएलमा कोलकाताको यो चौथो जित हो ।हालसम्म पाँच खेल खेलेको कोलकाताले एक खेलमा भने हार ब्यहोरेको छ । कोलकाता ८ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । छैटौँ खेल खेलेको लखनउको भने यो तेस्रो हार हो । तीन खेलमा लखनउ विजयी भएको छ । लखनउले हालसम्मको खेलबाट ६ अंक जोडेको छ ।

Related posts

सिमरा गाेल्डकप : वीरगन्जलाई हराउँदै एनआरटी सेमिफाइनलमा

MadhesKhabar

नेपालले पाकिस्तानलाई हरायो

MadhesKhabar

वीरगन्जका आरिफलाई एनपिएलका लागि सुदूरपश्चिम रोयल्सले १५ लाखमा किन्यो

MadhesKhabar

Leave a Comment