Madhes Khabar
खेलकुद

विश्वकप फुटबलमा ब्राजिलकाे शानदार कमब्याक,हाइटीमाथि ३-० को एकतर्फी जीत

काठमाडौं,६असार:फिफा विश्वकप फुटबल-२०२६ मा पाँच पटकको च्याम्पियन ब्राजिलले शानदार कमब्याक गरेको छ । पहिलो खेलमा मोरोक्कोसँग बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा शनिबार हाइटीलाई ३-० हराएको हो । ​

 

खेलको शुरूदेखि नै दबाब बनाएको ब्राजिलका लागि फरवार्ड कुन्हा नायक साबित भए ।ब्राजिलका लागि कुन्हाले दुई गोल र ​भिनिसियस जुनियरले एक गोल गरे ।

खेलको २३औँ मिनेटमा ब्राजिलले खेलमा पहिलो अग्रता लिएको थियो । कुन्हाले प्रहार गरेको बल हाइटीका डिफेन्डर डेलक्रोइक्सलाई लाग्दै पुनः कुन्हाकै शरीरमा ठोक्किएर गोलमा परिणत भएको थियो ।

त्यसपछि खेलको ३६औँ मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

 

खेलको पहिलो हाफको इन्जुरी समय (४५+३ मिनेट) मा ब्राजिलका स्टार विङ्गर भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिल ३-० ले अगाडि बढेको थियो । यो यस विश्वकपमा भिनिसियसको व्यक्तिगत दोस्रो गोल हो।

पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । दोस्रो हाफमा हैटीले आक्रामक खेल प्रस्तुत गर्दै गोल फर्काउने प्रयास गरेको थियो ।

Related posts

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

MadhesKhabar

अष्ट्रेलियाविरुद्ध भारतकाे सानदार जित

MadhesKhabar

काेहलीकाे किर्तिमानी शतक र जडेजाकाे घातक बलिङमा भारतसंग दक्षिण अफ्रिकाको लज्जास्पद हार

MadhesKhabar

Leave a Comment