Madhes Khabar
खेलकुद

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं,१मंसिरःनेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई १३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले आशिफ शेखको अर्धशतकको मदतमा १३० रनको बनाएको हो ।

काठमाडौं गुर्खाजविरुद्ध पहिला ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सका चार महत्त्पूर्ण ब्याटर दोहोरो रन नजोडी आउट भए ।ओपनर लाहिरू मिलन्था १२ बल खर्चेर ७ रन जोडेर आउट भए । कप्तानसमेत समेत रहेका अनिल शाह रनको खाता नखोली पवेलिनय फर्किए ।

यी दुवै काठमाडौंका मिलिन्दा कुमारको बलमा आउट भए । पहिलो विकेटको रुपमा लाहिरु ४ दशमलव ३ ओभर र अनिल दोस्रो विकेटका रुपमा ४ दशमलव ५ ओभरमा आउट भए ।

त्यस्तै, दोहोरो रन जोड्न नसक्ने दुई ब्याटर जान निकोल लोफ्टी–इटन र सञ्जय कृष्णमूर्ति हुन् । यी दुवैले समान २–२ अंक जोडे ।

अर्का ओपनर आशफिले भने जनकपुरको ब्यािटङ उकास्ने सक्दो प्रयास गरे । उनले यो सिजको पहिलो अर्धशतकसमेत प्रहार गरे । ४१ बल खेल्दा उनले ६ चौका र एक छक्काको सहयोगमा ५४ रन जोडे

जान निकोल लोफ्टी–इटन र सञ्जय कृष्णमूर्ति दोहोरो रन जोड्न सकेनन् । उनीहरु समान दुई–दुई रन जोडेर आउट भए ।

आशिफ आउट भएपछि जनकपुरको ब्याटिङ धरासायी हुनबाट मयन यादज र लाहिरु समरकुन बचाए । मयनले २९ बलमा ३४ रन जोडे । उनले दई छक्का र १ चौका प्रहार गरे । समरकुनले २१ बलमा २ छक्काको सहयोगमा २२ रन जोडे ।

चार ओभर बलिङ गरेका मिलन्दा महत्वपूर्ण तीन विकेट लिए । उनले ओपरन मिलन्थालाई जोन सिम्पसन मार्फत्आउट गराए । कप्तान अनिललाई पनि उनैले गेरहार्ड इरास्मस मार्फत् क्याच आउट गराएका हुन् । जान निकोल लोफ्टी–इटनलाई उनैले बोल्ट गरे ।

उनकै बलिङ चल्दा जनकपुर सस्तैमा समेटिएको हो । काठमाडौंका कप्तान करण केसीले एक विकेट लिए । उनले जनकपुरका लाहिरु समरकुनलाई मोहम्मद आदिल आलममार्फत् क्याच आउट गराएका हुन् ।

शहब अलामले जनकपुरबाट सबैभन्दा बढी रन जोड्ने आफिशको विकेट लिए । आशिफ अलामकको बलमा गेरहार्ड इरास्मसमार्फत् क्याच आउट भएका हुन् । सन्तोष यादवले सञ्जय कृष्णमूर्तिको विकेट लिए ।साभारःखबरहब

 

Related posts

कुश्ती खेलको संरक्षणका लागि मधेसका युवा पुस्तापनि अगाडि बढ्नुपर्छ : मन्त्री गुप्ता

MadhesKhabar

दोस्रो परवानीपुर गोल्डकप फुटबलमा आयोजक क्लबकाे विजयी शुरुवात

MadhesKhabar

वीरगन्जका आरिफलाई एनपिएलका लागि सुदूरपश्चिम रोयल्सले १५ लाखमा किन्यो

MadhesKhabar

Leave a Comment