Madhes Khabar
खेलकुद

पहिलो टी–२० क्रिकेटमा अफगानिस्तानमाथि भारतकाे सहज जीत

काठमाडौं,२७पुष:भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ । उक्त खेलमा भारतलाई जित दिलाउन शिवम् दुबेले महत्त्वपूर्ण योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका शिवम्ले अर्धशतक बनाएका थिए ।

उनले अविजित ६० रन बनाएका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४० बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काएका थिए ।

पहिलो टी–२० मा जित हात पारेसँगै भारतले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाहुना टोली अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५८ रन बनाएको थियो ।

अफगानिस्तानका लागि मोहम्मद नाबीले सर्वाधिक ४२ रन बनाएका थिए । अजमतुल्लाह ओमरजाईले पनि २९ रन जोडेका थिए । भारतीय टोलीका बलर मुकेश कुमार र अक्क्षर पटेलले दुई–दुई विकेट लिएका थिए । शिवम् दुबेले पनि एक विकेट हात पारेका थिए ।

जवाफी ब्याटिङ गरेको भारतले १७.३ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । भारतका लागि शिवम दुबेका अतिरिक्त जितेश शर्माले पनि ३१ रन जोडेका थिए । तिलक बर्माले २६ र शुभमन गिलले २३ रन बनाए । रिंकु सिंह १६ रनमा अविजित रहे ।

अफगानिस्तानका बलर मजिब उर रहमानले दुई र अजमतुल्लाहले एक विकेट लिए ।

Related posts

सन्दीप लामिछानेलाई क्यानले गर्याे निलम्बन

MadhesKhabar

न्युजिल्यान्डलाई हराउँदै वेष्ट इन्डिज पनि विश्वकप क्रिकेटको सुपर–८ मा

MadhesKhabar

निर्णायक खेलमा भारतलाई हराँउदै वेस्ट इन्डिजले जित्याे टि-२० सिरिज

MadhesKhabar

Leave a Comment