Madhes Khabar
खेलकुद

आसिफको उत्कृष्ट व्याटिङमा नेपालको सानदार जित

काठमाडौं,१९फागुन : आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी भएको छ। युएईमा भइरहेको आईसीसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबार पपुवा न्युगिनी( पीएनजी) विरुद्धको खेलमा नेपाल तीन विकेटले विजयी भएको हो।

नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफले अविजित ८६ रन बनाए। आठौं विकेटका लागि क्रिजमा आएका सन्दीप लामिछानेले उत्कृट साझेदारी खेलेपछि नेपालको विजयी सुनिश्चित भएको हो। लामिछाने ३५ रन बनाएर अविजित रहे।

त्यसअघि कुशल मल्लबाहेक कसैले दोहोरो अंक जोड्न सकेका थिएनन्। मल्लले २३ रन बनाएका थिए। टस जितेर ब्याटिङ गेरको पीएनजीले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो।

यससँगै नेपालको ग्लोबल क्वालिफायर्समा पुग्ने सम्भावना जीवितै रहेको छ।

Related posts

मलेशियालाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

अफगानिस्तानविरुद्धको टी –२० सिरिज: भारतीय टिममा फर्किए विराट र राेहित

MadhesKhabar

भारतले श्रीलंकालाई दियाे ३५८ रनकाे विशाल लक्ष्य

MadhesKhabar

Leave a Comment