वीरगन्ज,१६कार्तिक:भारतले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ । वानखडेमा बिहीबार भइरहेकाे खेलाा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएकाे हाे।
भारतका ओपनर शुभमन गिलले ९२ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनको योगदान दिए । विराट कोहलीले ९४ बलमा ११ चौकासहित ८८ रन बनाए । श्रेयस ऐरले ५६ बलमा ३ चौका र ६ छक्कासहित ८२ रनको आक्रमक इनिङ खेलेका थिए । तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए ।
गिल दिलशान मदुशानकाको बलमा एज लागेर कुशल मेन्डिसबाट क्याच आउट भए । दिलशानले इनिङको दोस्रो बलमै रोहित शर्मालाई चार रनमा बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि विराट कोहली र गिलले १ सय ८९ रनको सानदार शतकीय साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए ।
कोहली पनि दिलशानकै बलमा मिडअफमा क्याच आउट भए । श्रेयस ऐर पनि दिलशानकै बलमा महेश थिक्सेनाको बलमा क्याच आउट हुन पुगेका थिए ।दिलशान मदुशानकाले १० ओभरमा ८० रन खर्चेर ५ विकेट लिए । दुश्मान्था चामिराको नाममा एक विकेट रह्यो ।

