Madhes Khabar
खेलकुद

चार देशीय टी-२० सिरिजकाे पहिलाे खेलमा कतारमाथि नेपालकाे सानदार जित

तस्बिर:क्यान ।

काठमाडौं,२७चैत : चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको छ। हङकङको मङ्ककस्थित मिसिन रोड ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो। कतारले दिएको १५२ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै १५४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

 

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए।आसिफ शेखले ३३ रन बनाए।कप्तान रोहितकुमार पौडेलले ३७ रन जाेडे ।

बलिङतर्फ कतारका लागि मुजीव उर्र रहमानले २ विकेट लिए। ब्याटिङतर्फ कतारका लागि कप्तान इक्रमूललाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले।

बलिङमा नेपालका लागि करण केसी, सोमपाल कामी, गुल्शन झा, नन्दन यादव र ललित राजवंशीले १-१ विकेट लिए।

Related posts

अभ्यास खेलमा ओमानविरूद्ध नेपाल ५ विकेटले विजयी

MadhesKhabar

मलेसियासँग हारे पनि नेपाल फाइनलमा

MadhesKhabar

क्रिकेट प्रशिक्षक देसाईकाे मासिक तलब १५ लाख ८४ हजार

MadhesKhabar

Leave a Comment