Madhes Khabar
खेलकुद

वीरगन्जले जित्यो पथलैया भेट्रान फूटबलको उपाधि

बारा,४जेठःवीरगन्ज भेट्रान सिटी क्लबले बाराको पथलैयामा आयोजित प्रथम पथलैया भेट्रान फूटबल प्रतियोगिताको उपाधि जितेको छ । पथलैयास्थित श्रीकृष्ण मन्दिर खेल मैदानमा शनिबार साँझ भएको फाइनल खेलमा विकासशील भेट्रान क्लब सिमरालाई २–० ले पराजित गर्दै वीरगन्जले उपाधि उचालेको हो ।

उपाधिसंगै वीरगन्जले ५० हजार र उपविजेता सिमराले २५ हजार नगद हात पारेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ओमलाल क्षेत्री घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार समेत पाएका उनले एक थान साइकल प्राप्त गरे ।

विधागततर्फ प्रतियोगिताको उत्कृष्ट मिडफिल्ड विकासशीलका डेनिश श्रेष्ठ, उत्कृष्ट डिफेन्डर वीरगन्जका रामबाबु चौधरी, उत्कृष्ट गोलरक्षक वीरगन्जका विनोदकुमार चौधरी घोषित भए । फाइनल खेलको प्लेयर अफ दि म्याच वीरगन्जका तेजबहादुर मगर घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जीतपुरसिमरा १ का वडासदस्य अमन लामा, जीतपुरसिमरा २ का वडा सदस्य बिशाल घिमिरे, नेपाली कांग्रेसकी नेतृ मेघा शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा पथलैया भेट्रान क्लबले आयोजना गरेको प्रतियोगितामा बारा र पर्साका गरी १५ टिमको सहभागिता थियो ।साभारः इशीलालेख

Related posts

काेहलीका समर्थकका लागि खुशीकाे खबर: हैदराबादमाथि बेंग्लाेरकाे जित

MadhesKhabar

स्पेन बन्याे युराेकपकाे च्याम्पियन

MadhesKhabar

विश्वकप छनोट: नेपालको पहिलो जित, अमेरिका ६ विकेटले पराजित

MadhesKhabar

Leave a Comment