Madhes Khabar
खेलकुद

खेलकुदमा लाग्न युवाहरुलाई महानगरले अझ प्रोत्साहन गर्छ : मेयर सिंह

वीरगन्ज,१२फाल्गुनःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले युवा लक्षित योजनामा महानगरले जोड दिँदै आएको बताएका छन् ।वीरगन्जमा अलाईड युथ सोसाइटीले आयोजना गरेको छात्राहरुको अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगीताको समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले देशका मेरुदण्ड मानिन युवाको विकासले नै देशको विकास हुने भएकाले युवासँग सम्बन्धित कार्यक्रम र योजनालाई प्राथमिकतामा राखिएको बताए।

उनले आगामी चैतमा महानगरले एथ्लेटिक्स प्रतियोगीता आयोजना गर्न लागेको जानकारीपनि गराए ।पछिल्लो समय खेल क्षेत्रतर्फको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै वीरगन्जबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने योजनाबमोजिम तयारी भइरहेको सिंहले बताए। उनले भने, ‘खेलाडी भनेका राष्ट्रका गहना हुन् । वीरगन्जबाट हामीले सबै किसिमका खेलमा सहभागी हुने खेलाडी बनाउनुछ । खेल क्षेत्रमा लागेका युवाहरुलाई प्रोत्साहन गर्नु छ । जुन काम हामीले यसअघि देखि नै गरिरहेका छौँ ।’

प्रयास गर्दै जाँदा हारजित तथा अन्य चुनौती आउनु स्वभाविक भएको बताउँदै उनले भने, ‘हिँड्ने मान्छेलाई नै ठेस लाग्छ र लड्छ । जो हिँड्दै हिँड्दैन, त्यो लड्दैन र जो लड्दैन उसले केही सिक्दैन । त्यसैले हरेस खाने हैन, लक्ष्य निर्धारण गरेर गन्तव्यमा नपुग्दा सम्म निरन्तर मेहनत गर्नुहोस् ।’

अलाईड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झाको अध्यक्षतामा भएको समापन समारोहमा विजयी हुने गौतम स्कूललाई अवार्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।फाइनल खेलमा दिल्ली पब्लिक स्कुललाई पराजित गर्दै गौतम स्कुल विजयी भएको हो ।

३ दिनसम्म चलेको प्रतियोगीतामा वीरगन्जका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगीतामा महेश सिंह धामीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Related posts

जनकपुरकाे फेरि हार, जितसंगै लुम्बिनी प्लेअफमा

MadhesKhabar

नेपालको आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ : प्रधानमन्त्री कार्की

MadhesKhabar

करैयामाई गोल्डकप फुटबलकाे उपाधि वीरगन्ज सिटीले जित्याे

MadhesKhabar

Leave a Comment