काठमाडौं,१९मंसिर : नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा जनकपुर लुम्बिनीसंग ४ विकेटले पराजित भएको हाे।जारी एनपीएलमा जनकपुरकाे याे चाैंथाे हार हाे ।१ खेलमा मात्र जित हात पारेकाे जनकपुरकाे शुक्रबारकाे हारसंगै अब प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ।
शुक्रबारकाे खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओेभरका ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। जनकपुरले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हाे।
लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।
जनकपुर बोल्ट्सका लागि संगीथ कोरेले ३ विकेट लिए र मयन यादवले २ विकेट लिँदा सञ्जय कृष्णमुर्थीले १ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको जनकपुर बोल्ट्सका लागि संगीथ कोरेलले सर्वाधिक ४५ रनमा अविजित रहे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे।
अनिल कुमार शाह ७ रनमा एलबीडब्ल्यूको रुपमा पेभेलियन फर्किए। आसिफ शेख १७ बलमा २ चौका र १ छक्कासहित २० रनमा क्याच भए।
शुभ कंसाकरले ११ र सञ्जय कृष्णमुर्थी १४ रनमा पेभेलियन फर्किए। मयन यादव २७ रनमा अविजित रहे। उनले २३ बलमा समान १ चौका र १ छक्का प्रहार गरे।
लुम्बिनी लायन्सका लागि बलिङ तर्फ रोहित पौडेल र शेर मल्लले २–२ विकेट लिए। जे जे स्मिथ र रुबिन ट्रम्पलमेनले १–१ विकेट लिए।

