Madhes Khabar
खेलकुद

चिलीलाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं,१२असारः चिलीलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को क्वाटर फाइनलमा प्रवेश गरेको छ ।बुधबार बिहान अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा चिलीलाई १–० गोलले पराजित गर्दै अर्जेन्टिना क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

खेलको ८८ औँ मिनेटमा लाउटारो मार्टिनेजले गरेको एकमात्र गोल निर्णायक बन्दा अर्जेन्टिना ग्रुप १ बाट अन्तिम ८ मा पुग्न सफल भयो । यही समूहमा रहेको क्यानडाले पेरुलाई पनि १–० गोल अन्तरले पराजित गरेको छ ।

जितसँगै पहिलो ३ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा जित निकालेपछि क्वार्टरफाइनलको सम्भावना यद्यपि कायमै राखेको छ ।

 

Related posts

वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेट : सुपर ओभरमा लुम्बिनीको रोमाञ्चक जित

MadhesKhabar

फाइनलमा नेपाल पपुवा न्युगिनीसंग पराजित

MadhesKhabar

महिला यु–१९ विश्वकपको पहिलो खेलमै नेपाल बंगलादेशसंग पराजित

MadhesKhabar

Leave a Comment