काठमाडौं,५माघ : आइसीसी महिला यु–१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियाको बांगी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बंगलादेशसंग नेपाल ५ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अलआउट हुँदै ५२ रनमात्र बनाउन सक्यो। जवाफी ब्याटिङ गरेको बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो।
नेपालका लागि साना प्रवीणले १९ र सीमा केसीले १९ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। कप्तान पूजा महतो २ रनमै पेभेलियन फर्किएका थिए।
त्यस्तै बंगलादेशलाई जिताउन सदिया इस्लामल १६ रन र कप्तान सुमैया अख्तरले १२ रन बनाए। नेपालका लागि रचना चौधरी, रीया शर्मा, सीमा केसी र पूजा महतोले १–१ विकेट लिए।नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग सोमबार खेल्ने छ ।

