Madhes Khabar
खेलकुद

जिम्बाब्वेसँगको क्रिकेट सिरिजका लागि नेपाली टोलीको अभ्यास शुरु

मधेसखबर
वीरगन्ज, १४ बैशाख
: जिम्बाब्वेको ’ए’ क्रिकेट टोलीसँग हुने ३ एकदिवसीय र तीन टी–ट्वान्टी शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवारदेखि प्रशिक्षण थालेको छ ।
जिम्बाब्वेसंगको खेल आउँदो वैशाख १७ गतेदेखि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुने छ ।त्यसका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवारदेखि प्रशिक्षण थालेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाब्वेसँग हुने शृङ्खलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै बुधबार देखि प्रशिक्षण थालेको हो ।
पहिलो दिन बुधबार त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीले ब्याटिङ पक्षलाई ध्यान दिँदै प्रशिक्षण गरेको छ ।
यसअघि मङगलवार नेपाली टोलीले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा फिटनेसको अभ्यास गरेको थियो ।
जिम्बाम्बेसंगको शृङ्खलाका लागि क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो ।
यही टोलीबाट खेलको दिन सुरुवाती ११ खेलाडी छनोट गरिने क्यानले जनाएको छ । सिरिज शनिवार देखि शुरु हुनेछ ।
१० दिन चल्ने शृङ्खलामा जिम्बाब्वेका राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुको समेत सहभागिता रहने क्यानले जनाएको छ ।

Related posts

बंगलादेशसंग भारत पराजित

MadhesKhabar

सिमरा गाेल्डकप : भरतपुरलाई स्तब्ध पार्दै मकवानपुर ११ सेमिफाइनलमा

MadhesKhabar

वडाध्यक्ष कानुको पहलमा खेलकुद मैदानको मर्मतसम्भार सुरु

MadhesKhabar

Leave a Comment