Madhes Khabar
खेलकुद

बंगलादेशसंग भारत पराजित

एजेन्सी
मंसिर १८ : बंगलादेशले पहिलो एक दिवसीय क्रिकेट खेलमा भारतमाथि एक विकेटको राेमान्चक जित हात पारेको छ । योसँगै तीन एक दिजसीय खेलको सिरिजमा घरेलु टोली बंगलादेशले १-० को अग्रता लिएको छ ।

जितको लागि पाएकाे १ सय ८७ रनको लक्ष्य बंगलादेशले ४६ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेकाे हाे । बंगलादेशलाई जिताउन मेहिदी हसन मिराजले ३९ बलमा ४ चौका र २ छक्कासहित ३८ रनमा अविजित रहे ।

मुश्ताफिजुर रहमान ११ बलमा २ चौकासहित १० रनमा अविजित रहे । एक समय १३६–९ को अवस्थामा पुगेपनि अन्तिम विकेटका लागि मिराज र मुश्ताफिजुर रहमानले ४१ बलमा ५१ रनको अविजित साझेदारी गर्दै जित पक्का गराएका हुन् ।

त्यसअघि शेरे बंगला नेशनल स्टेडियम ढाकामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ४१.२ ओभरमा १ सय ८६ रनमा अल आउट भएको थियो । भारतका लोकेश राहुलले ७० बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रन बनाए । ओपनर रोहित शर्माले २७, श्रेयस ऐर २४ र वासिन्टन सुन्दर १९ रनमा आउट भए ।

Related posts

वीरगन्ज-१० : वडा स्तरीय क्रिकेटको उपाधिमाथि कोशीकाे कब्जा

MadhesKhabar

साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

विश्वकप फुटबलमा आज पनि चार खेल हुदै

MadhesKhabar

Leave a Comment