Madhes Khabar
खेलकुद

सुपर ओभरमा गण्डकीसंग हार्‍यो मधेस

तस्वीर : क्यान

काठमाडौं,११चैत : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुपर ओभरमा मधेस प्रदेशलाई हराएको छ। सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा सोमबार भएको खेल सुपर ओभरमा गण्डकीले मधेसलाई हराउँदै जित निकालेको हो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको गण्डकीले २ विकेट गुमाउँदै २२ रन बनाएको थियो। मधेस प्रदेशका लागि सुपर ओभरमा बलिङ रुपेश सिंहले गरेका थिए।

गण्डकीले दिएको २३ रनको लक्ष्य पछ्याएको मधेसले सुपर ओभरमा ९ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि सुपर ओभरमा सुदिप अर्यालले बलिङ गरेका थिए।

सुपर ओभरमा गण्डकीले मधेसलाई रोक्दा शीर्ष ४ मा पुग्न मधेसलाई धक्का लागेको छ। यो खेल गण्डकी प्रदेशका लागि प्रतियोगिताको अन्तिम खेल थियो। यो जितले गण्डकीले सुखद अन्त्य गरेको छ। यसअघि निर्धारित ५० ओभरमा दुवै टिमले २४६ रन बनाएका थिए।

Related posts

एसिया कप खेलेर फर्केको नेपाली क्रिकेट टिमको विमानस्थलमा भव्य स्वागत

MadhesKhabar

प्याब्सन टि-२० किक्रेटकाे उपाधि साउथ जाेन माविलाई

MadhesKhabar

लगातार ३ खेलमा हारले निराश जनकपुर बाेल्ट्सका कप्तान अनिल साह के भन्छन् ?…

MadhesKhabar

Leave a Comment