Madhes Khabar
खेलकुद

करैयामाई गोल्डकप फुटबलकाे उपाधि वीरगन्ज सिटीले जित्याे

बारा,२बैशाख:बाराकाे करैयामाई गाँउपालिका ७ उमजनमा आयाेजित प्रथम करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वीरगन्ज सिटी क्लबले जितेको छ ।

शनिबार भएकाे फाइनल खेलमा वीरगन्ज यूनाईटेड क्लबलाई ट्राईबेकरमा ४-३ गाेलले हराउँदै वीरगन्ज सिटी क्लबले उपाधि जितेकाे हाे।यसअघि निर्धारित समयकाे खेलमा १-१ गाेलकाे बराबरी भएफपछि खेलकाे अन्तिम नतिजा ट्राइबेकरबाट निकालिएको थियाे ।

उपाधिसंगै वीरगन्ज सिटी क्लबले नगद ५० हजार रुपैयाँ र ट्रफी पायाे भने उपविजेता वीरगन्ज युनाईटेड क्लबले नगद २५ हजारमै चित्त बुझाउनु पर्याे।

फाइनल खेलको म्यान अफ दअं म्याच बीरगन्जज युनाईटेड क्लबका सागर चौधरी घाेषित भए।यस्तैप्रतियाेगिताकाे उत्कृष्ट गाेल रक्षक वीरगन्ज सिटी क्लबका जयराम चौधरी,उत्कृष्ट रक्षक वीरगन्ज युनाईटेड क्लबका सन्जय चौधरी,उत्कृष्ट मिड फिल्डरमा वीरगन्ज सिटी क्लबका अजय माझी,उत्कृष्ट फरवार्ड वीरगन्ज सिटी क्लबका अनिल मगर तथा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी वीरगन्ज सिटी क्लबका जयराम चौधरी घोषित भएको आयोजक नव जन प्रगति क्लबका सचिव गोपाल चौधरीलेजानकारी दिए ।

आयाेजक क्लबका अध्यक्ष रुपनारायण यादवको अध्यक्षता तथा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु यादवकाे प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापन समाराेहमा गाँउपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरी,वडाध्यक्ष सोनालाल साह लगायतकोपनि सहभागीता रहेको थियो ।

Related posts

चेन्नाई सुपर किंग्स आइपिएलकाे फाइनलमा

MadhesKhabar

लगातार ६ खेल जित्दै भारत विश्वकप क्रिकेटकाे सेमिफाइनलमा

MadhesKhabar

वीरगन्ज गोल्डकप फुटबलमा आज पुलिस क्लब र काेलकता भिड्दै

MadhesKhabar

Leave a Comment