
काठमाडौं , १९ बैशाख : एसीसी प्रिमियर कपमा नेपालका सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् ।मंगलबार भएको फाइनल खेलमा घरेलु टोली नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।यससँगै नेपालले एसिया कपमा स्थान बनायो ।
प्रतियोगिताको कुल ५ खेलमा १३ विकेट लिएका सन्दीपले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध सर्वाधिक ४२ रन समेत बनाएका थिए ।

