Madhes Khabar
खेलकुद

भारत र पाकिस्तानको खेल हुने दिन अहमदाबादमा होटलको भाडा बढेर १ लाख भारुसम्म पुग्यो

काठमाडौं, १४ असार : आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानको खेल हुने दिन होटलको शुल्क १० गुणासम्म बढेको छ । विश्वकपमा आउँदो अक्टोबर १५ तारिखमा भारतको अहमदाबादमा भारत र पाकिस्तान बिचको खेल हुने तालिका छ ।

आईसीसीले गत मंगलबार तालिका सार्वजनिक गरेकै दिन सयौँले अहमदाबादमा होटल बुकिङ गरेका बीबीसीले जनाएको छ । बुकिङ गर्नेहरू बढेपछि होटलको भाउ १० गुणासम्म बढेको छ । कतिपय कोठाको भाडा एक लाख भारुसम्म पुगेको छ भने केही अक्टोबर १५ का लागि पूर्णरूपमा बुक भइसकेका छन् ।

सामान्य दिनमा सहरका लक्जरी होटलहरूमा एक दिनको पाँचदेखि आठ हजार भारुसम्म तिरेर कोठा पाइनेमा अक्टोबर १५ तारिखका लागि भने बढेर ४० हजारदेखि एक लाख भारुसम्म पुगेको छ ।

बुकिङ डटकमकका अनुसार अहिले वेलकम होटलको डिलक्स कोठा भाडा एक रातको पाँच हजार छ सय ९९ भारु छ । तर अक्टोबर १५ मा यस होटलमा बस्न चाहनेले भने ७१ हजार नौ सय ९९ भारु तिर्नुपर्नेछ । गुजरातको होटल एन्ड रेस्टुरेन्ट एसोसिएशन (एचआरए) का प्रवक्ता अभिजीत देशमुखले बुकिङ गर्नेको चाप बढेसँगै भाउ बढ्नु स्वाभाविक भएको बताएका छन् ।

Related posts

आईपीएलमा आज बैंग्लोर र हैदरावाद भिड्दै

MadhesKhabar

आसिफकाे उत्कृष्ट प्रदर्शनले नेपालद्वारा युएई ५ विकेटले पराजित

MadhesKhabar

नेपालले मलेसियालाई ५ विकेटले हरायो

MadhesKhabar

Leave a Comment