Madhes Khabar
खेलकुद

भारतलाई हराएर नेपाल फइनलमा

मधेसखबर
वीरगन्ज ,२४ माघ : नेपालले बंगलादेशमा भइरहेको साफ यू–२० वुमेन्स च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । मंगलबार भएको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै भारतलाई ३–१ ले हराएको हो ।

पहिलो हाफमा नेपाल एक गोलले पछाडि रहेको थियो ।त्यसयता नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको हो । ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि अञ्चली चन्दले ४८, प्रिति राईले ६९ र अमिसा कार्कीले ८९ एक÷एक गोल गरे ।

भारतका लागि भने अपूर्ण नर्जारीले एक गोल गरेकी थिइन् । कप्तान प्रितिले भने पेनाल्टीबाट गोल गरेकी हुन् । यो जितपछि नेपालको तीन खेलबाट छ अंक भएको छ ।

आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई हराएको थियो । हारपछि भारत भने तीन खेलबाट चारै अंकमा सीमित रह्यो । भारतले भुटानलाई हराएयता बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।

Related posts

तेक्वान्दोमा स्वर्ण पदक जितेका अख्तरलाई स्वतन्त्र उम्मेद्वार सिंहले गरे सम्मान

MadhesKhabar

खेलकुदमा वीरगन्ज महानगरको अद्वितीय सफलता : राष्ट्रपति रनिङ शिल्डमा लगातार तेस्रो वर्ष प्रथम

MadhesKhabar

गुल्शन झा चम्किएको खेलमा नेपालले गुजरातलाई ८ विकेटले हरायो

MadhesKhabar

Leave a Comment