Madhes Khabar
खेलकुद

गुल्शन झा चम्किएको खेलमा नेपालले गुजरातलाई ८ विकेटले हरायो

काठमाडौं,१८चैतः नेपालले गुजरातलाई ८ विकेटले हराएको छ। भारतको भापीमा आइतबार भएको खेलमा गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ मै केवल २ विकेटको क्षतिमा पूरुा गर्दै सहज जीत हात पारेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन र अनिल साह ३२ रनमा अविजित रहे। त्यसअघि कुशल भुर्तेल १७ र आरिफ शेख १६ रनमा आउट भएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले १८.२ ओभरमा अलआउट हुँदै ९८ रन बनाएको थियो।गुजरातका लागि रुद्र पटेलले २३, हेमाङ पटेलले २०, सरल प्रजापतीले १७, अभिषेक देसाईले ११ र स्मित पटेलले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि गुल्शन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए

एसएमएस फ्रेन्डशिप कपअन्तर्गत नेपालले भारतको भापीमा गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ।

Related posts

मधेसले जित्याे छात्र क्रिकेटको उपाधि

MadhesKhabar

भारतकाे युपीमाथि नेपाल आर्मीकाे सहज जीत

MadhesKhabar

नारायणी रंगशालाको जग्गा मुआब्जा उपसमितिले राखेपलाइ प्रतिवेदन बुझायो

MadhesKhabar

Leave a Comment