Madhes Khabar
खेलकुद

अष्ट्रेलियामा जारी टी–२० सिरिज : आसिफ शेखले अर्धशतक बनाएपनि नेपालको हार

काठमाडौं,२भदौं :अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससंग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो।

मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले ४९ बलमा सर्वाधिक ५३ रन बनाए। यस्तै कप्तान रोहित पौडेलले ३३ रन र ओपनर ब्याटर कुशल भुर्तेल २६ रन बनाए ।

बलिङ्तर्फ मेलबर्न स्टार्सका लागि अस्टिन अन्लेजार्क र डग वारेनले २–२ विकेट लिए ।त्यसअघि, टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । थोमस रोजर्सले ६५ रन बनाए । यी

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट, सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रन र दोस्रो खेलमा बङ्गलादेश ए सँग ३२ रनले पराजित भएको थियो।

नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग पराजित भएको थियो। नेपालले चौथो खेल होर्बट हुरिकेन्ससँग खेल्नेछ।

 

Related posts

सिरहालाई हराउँदै मछिन्द्र क्लब जीतवुरसिमरा गाेल्डकपकाे फाइनलमा

MadhesKhabar

आयोजक सिमरालाई पाखा लगाउँदै पुलिस सेमीफाइनलमा

MadhesKhabar

नेपाल क्यानडासंग पराजित

MadhesKhabar

Leave a Comment