Madhes Khabar
खेलकुद

अष्ट्रेलियामा जारी टी–२० सिरिज : आसिफ शेखले अर्धशतक बनाएपनि नेपालको हार

काठमाडौं,२भदौं :अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससंग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो।

मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले ४९ बलमा सर्वाधिक ५३ रन बनाए। यस्तै कप्तान रोहित पौडेलले ३३ रन र ओपनर ब्याटर कुशल भुर्तेल २६ रन बनाए ।

बलिङ्तर्फ मेलबर्न स्टार्सका लागि अस्टिन अन्लेजार्क र डग वारेनले २–२ विकेट लिए ।त्यसअघि, टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । थोमस रोजर्सले ६५ रन बनाए । यी

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट, सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रन र दोस्रो खेलमा बङ्गलादेश ए सँग ३२ रनले पराजित भएको थियो।

नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग पराजित भएको थियो। नेपालले चौथो खेल होर्बट हुरिकेन्ससँग खेल्नेछ।

 

Related posts

वीरगन्जमा आयाेजित साेनार प्रिमियर लिगकाे उपाधि महावीर युवा अभियानलाई

MadhesKhabar

एसिया कप : भारतद्वारा पाकिस्तान ५ विकेटले पराजि

MadhesKhabar

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो एकदिवसीय शृंखला

MadhesKhabar

Leave a Comment