Madhes Khabar
खेलकुद

फाइनलमा हार्याे नेपाल,उपाधि जित्याे यूएईले

काठमाडौं,१०कार्तिक : त्रिकाेणात्मक टी-२० सिरिजकाे फाइनल खेलमा नेपाल युएईसंग स्तब्ध भएकाे छ ।आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिजकाे उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएकाे फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै युएईले उपाधि जितेकाे हाे ।नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रनमात्र बनाएको थियो ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागिड ४३ रनको साझेदारी गरेका थिए ।आसिफ श्ख मात्र ७ रनमा आउट भए ।

आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए । कुशल पनि अर्धशतक बनाए लगतै आउट भए, जतिबेलाI नेपालको स्कोर ६८/३ थियो ।

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर, १३औं ओभरमा दुवै जना आउट भए । रोहित १८ र ऐरी २० रनमा पभेलियन फर्किएका हुन् ।

सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए । करण केसी २३ रनमा अवजित रहे ।

यूएईका आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानले २-२ विकेट लिए ।

Related posts

पहिलाे खेलमै मुम्बईकाे हार, गुजरात ६ रनले विजयी

MadhesKhabar

टी-२० विश्वकपकाे सुपर-८ : वेस्ट इन्डिजमाथि इंग्ल्यान्डकाे फराकिलाे जित

MadhesKhabar

आईपीएलकाे फाइनलमा पुग्न राजस्थान र हैदराबाद आज भिड्दै

MadhesKhabar

Leave a Comment