काठमाडौं,१६फाल्गुनः त्रिकोणात्मक टि–२० क्रिकेट सिरिज अन्तर्गत बुधबार जारी खेलमा नेदरल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेदरल्याण्डले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको हो।
नेदरल्याण्डका लागि माइकल लेभिटले ३ छक्का र ५ चौका प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए।त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४९ रन र तेजा निदामानुरुले ३१ रन, स्कट एडवार्ड्सले ३३ रन,म्याक्स ओ डाउडले ५ रनको योगदान गरे। निदामानुरु र एडवार्ड्स रन आउट भएका हुन्।
नेपालका लागि करण केसी र कुशल मल्लले १÷१ विकेट लिएका हुन्। नेपालले केहि समयपश्चात जवाफि ब्याटिङ गर्दैछ।
नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका थिए। आइसीसी क्रिकेट विश्वकप लिग–२ को एकदिवसीय पहिलो सिरिज सकिएलगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि–२० सिरिजमा प्रतिस्पर्धा गरेका हुन्।
यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपको औपचारिक तयारी सुरुवात गर्नेछ। विश्वकपमा नेपाल रहेको समूह डीमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।

