Madhes Khabar
खेलकुद

लगातार चार खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा

काठमाडौं,५बैशाखः नेपाल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा जारी प्रतियोगितामा लगातार जित हात पार्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

बुधबार समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ ।प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।

वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा पाएको ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरको खेलमा ७ विकेट गुमाएर ७३ रनमात्र बनाएको थियो ।उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि करण केसी र अविनाश बोहोराले २–२ र ललित राजबंशी र प्रतिश जिसीले १–१ विकेट लिए।

नेपाल लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अंकसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै बाहिरिएको छ ।

Related posts

`प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ मा आयाेजक वीरगन्जकाे विजयी सुरुवात

MadhesKhabar

विश्व कीर्तमान बनाएका दीपेन्द्र सिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा

MadhesKhabar

सानदार व्याटिङ गरेपनि न्युजिल्यान्ड अष्ट्रेलियासँग ५ रनले पराजित

MadhesKhabar

Leave a Comment