Madhes Khabar
खेलकुद

मधेस प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकप शनिबारदेखि

वीरगन्ज,१५फागुन:मधेस प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकप फुटबलको दोस्रो संस्करण आगामी शनिबारदेखि सुरु हुने भएको छ। भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा आदर्शनगर रंगशालामा फागुन १७ देखि २४ गतेसम्म वीरगन्ज गोल्डकप फुटबल–२०८१ हुन लागेको हो।

बिहीबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा राष्ट्रियस्तरका आठ टिमको सहभागिता रहने जानकारी दिएको छ। प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ। भेट्रान सिटी क्लब वीरगन्जका उपाध्यक्ष सागरशमशेर जबराले मधेस प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्न वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागेको बताए।

प्रतियोगितामा संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमन्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगन्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उपाधि विजेता टोलीलाई नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेतालाई पाँच लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले जानकारी दिए। प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ।

प्रतियोगिताका लागि आदर्शनगर रंगशालामा अस्थायी प्यारापिट निर्माण गरिएको छ। अस्थायी प्यारापिटमा करिब दुई हजार तथा ग्राउन्डमा थप तीन हजारभन्दा धेरै दर्शक अट्ने आयोजकले जनाएको छ।

Related posts

विश्वकप फुटबल : आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को खेल्दै

MadhesKhabar

भारत एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

MadhesKhabar

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको सानदार जित

MadhesKhabar

Leave a Comment