Madhes Khabar
खेलकुद हेडलाइन

भारतविरुद्ध वीरगन्जका आशिफले बनाए सानदार अर्धशतक

वीरगन्ज,१८ भदौं : नेपालका ओपनर आशिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
वीरगन्जका स्थायीवासी रहेका आशिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।

एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् ।

एसिया कप क्रिकेटमा जारी भारतविरुद्धको खेलमा टस हारेर पहिले व्याटिङ गरिरहेको नेपालले यो समाचार तयार पार्दासम्म २८ ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय २२ रन बनाएको छ ।

Related posts

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

MadhesKhabar

मानव सेवा आश्रमका लागि वीरगन्ज बजारमा तरकारी संकलन गर्दै स्वंयसेवकहरु (फोटो फिचर)

MadhesKhabar

सिमरा गाेल्डकप : वीरगन्जलाई हराउँदै एनआरटी सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment