Madhes Khabar
स्थानिय हेडलाइन

बहुदरमाईका मेयर तेलीकाे ईट्टा भठ्ठाबाट चाेरी तस्करीकाे काठ दाउरा बरामद

वीरगन्ज,११पुष:पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेलीको ईट्टाभठ्ठाबाट ठूलाे परिमाणमा चाेरी तस्करीको अवैध काठ दाउरा बरामद भएको छ ।

जिल्ला वन कार्यालय पर्साले विशेष सुचनाकाे आधारमा बुधबार पर्सागढी नगरपालिका वडा नम्बर ७ फसलवरिया चैनपुरमा तेलीले सञ्चालन गरेकाे सुर्य इट्टाभठ्ठा उद्योगमा छापा मारेकाे थियाे।त्यस क्रममा जंगलबाट गैरकानुनी रुपमा रुख फडानी गरी गाेलिया काठ चिरेर दाउरा बनाइएकाे १२५ घनफिट काठ दाउरा बरामद भएको डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँले बताए।

ईट्टाभठ्ठामा तस्करी गरी ल्याइएको काठ दाउरा फेला परेपछि जफत गरिएकाे डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख मियाँले बताए । उनका अनुसार बरामद काठ दाउराको मुचुल्का उठाइ कारबाहीको आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

इट्टा भठ्ठा सञ्चालक तेलीविरुद्धपनि कारबाही प्रकृया अगाडि बढाइने मियाँले बताए।उनले भने,`सञ्चालक तेलीलाई वन कार्यालयमा उपस्थित हुन पत्र काट्छाै ।बरामद दाउरा काठ बराकरकाे बिगाे भराउने गरी मुद्दा दर्ता गर्छाै।´

उनका अनुसार नेपालकाे कानुनले ईट्टा भठ्ठामा दाउरा वा काठ बालेर ईट्टा पाेल्न प्रतिबन्ध लगाएकाे छ।ईट्टा उद्योगकाे आईई प्रतिवेदनमा काेइला बालेर मात्रै ईट्टा पाेल्नु पर्ने उल्लेख छ।

तर तेलीकाे ईट्टा भठ्ठामा ईट्टा पाेल्नका लागि जंगलबाट चाेरी तस्करी गरि ल्याएर काठ दाउरा भण्डारण गरेकाे फेला परेपछि बरामद गरिएकाे मियाँले बताए।

 

Related posts

वीरगन्जमा हिन्दुवादी नेता राजपुतकाे रिहाइको माग गर्दै प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन

MadhesKhabar

दिईएको समयवधीमा पर्सामा ६ जनाद्वारा उम्मेदवारी फिर्ता

MadhesKhabar

वीरगन्जको यातायात कार्यालयबाट एकैदिन १० जना बिचौलिया पक्राउ

MadhesKhabar

Leave a Comment